पुटिनको ‘शर्टलेस फोटो’ मा जी-सेभेनका नेताहरुले किन गरे ठट्टा ?

काठमाडौं । जी-सेभेन राष्ट्रहरुका नेताहरुले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको एक ‘शर्ट लेस’ फोटोलाई लिएर ठट्टा गरेका छन् ।

वास्तवमा भएको के हो ? जी-सेभेन राष्ट्रका नेताहरु संयुक्त रुपमा ‘लन्च’ गर्न लागिरहेको बेला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ठट्टा सुरु गर्दै ज्याकेट लगाउँ कि खोलौ भने । जोनसनको उक्त प्रश्नपश्चात क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पुटिनको ‘शर्ट लेस’ फोटोलाई इंगित गर्दै फोटो खिच्ने बेलासम्म पर्खिनुस् भने ।

लगत्तै जोनसनले जवाफ फर्काए, ‘हामीले पुटिनभन्दा शक्तिशाली छौं भनेर देखाउनुपर्छ ।’ जसमा जस्टिनले थपे, ‘हामी पनि घोडाको सवारी गर्दै ‘शर्ट लेस’ फोटो खिचाउनुपर्छ ।’

मजाकको मुडमा रहेका बेलायती प्रधानमन्त्रीले थपे, ‘हामीले पनि उनलाई (पुटिन) हाम्रो ‘प्याक्स’ देखाउनुपर्छ ।’

यो सबै कुरा हुँदै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले भने कुनै मौखिक प्रतिक्रिया जनाएनन् ।

जी-सेभेन राष्ट्रका नेताहरुले जुन फोटोलाई इंगित गर्दै खिल्ली उडाइरहेको थियो, त्यो फोटो पुटिनले २००९ मा साइबेरियन क्षेत्रको पहाडमा खिचाएका थिए । जसमा उनी ‘शर्ट लेस’ अवतारमा घोडा सवारी गरिरहेका देखिन्छन् ।

यस फोटोलाई लिएर २०१८ मा अस्ट्रेलियाका एक पत्रकारले पुटिनसँग प्रश्नसमेत सोधेका थिए । जसमा पुटिनले आफू छुट्टीमा हुँदा केही कुरा लुकाउन नपर्ने प्रतिक्रिया दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *