काठमाडौं । निवर्तमान श्रममन्त्री किसान श्रेष्ठले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।
सोमबार बिहान मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा श्रेष्ठले ८ महिना २१ दिन सफलताका साथ सम्पन्न गरेको दाबी गरे ।
श्रम क्षेत्रमा भएका विकृतिलाई धेरै हदसम्म अन्त्य गरिएको उनको जिकिर थियो । आफूलाई मन्त्रालयका सवैले सहयोग गरेको भन्दै उनले नयाँ मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरे ।
श्रेष्ठले एक्सनमा जाँदा चर्को स्वर गर्दा चित्त दुखेको भए भुल्न पनि आग्रह गर्नुभयो ।

Leave a Reply