मैदानमा ब्राजिलका रोनाल्डिन्होलाई रोक्दै नेपालका रोहित

काठमाडौं। नेपालका रोहित चन्दले ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्होसँग खेल्ने अवसर पाएका छन्। इन्डोनेसियामा आइतबार रान्स एफसी र पेर्सिक एफसीबीच भएको खेलमा यी दुई खेलाडी आमने सामने भएका हुन्।

मलाङमा भएको खेलमा रोनाल्डिन्होले रान्स र रोहितले पेर्सिकबाट पहिलो रोजाईका रुपमा खेलेका थिए। खेलका क्रममा यी दुई खेलाडी केहीपटक बलका लागि प्रतिस्पर्धामा देखिएका थिए। ४२ वर्षीय रोनाल्डिन्होले व्यावशायीक फुटबल खेल्न छाडेको धेरै वर्ष भएपनि एक कार्यक्रमका क्रममा इन्डोनेसिया आइपुगेका हुन्।

पेर्सिकका खेलाडीले रोनाल्डिन्होसँग मात्र ग्रुप फोटो पनि खिचाएका थिए। टाइब्रेकरमा पुगेको खेलमा रोहितको टोली ४-२ गोलले विजयी भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *