धुरुधुरु रुँदै मन्त्री झाँक्रीले भनिन्– अलि रिस उठ्ने प्रश्न सोध्नुस्, नत्र बोल्न सक्दिनँ (भिडिओ)

काठमाडौं । शहरी विकास मन्त्रालयमा आज आयोजित अन्तिम पत्रकार सम्मेलनमा मन्त्री रामकुमारी झाँक्री अत्यन्तै भावुक बनिन् ।उनले पत्रकारसँग खुलेर बोल्न समेत सकिनन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा कर्मचारीले मन्त्रालयको प्रगति विवरण सुनाएका थिए । उनीहरुले ‘फेरि भेटौंला’ भन्दै मन्त्री झाँक्रीको विदाइ गरेका थिए ।झाँक्री सुरुदेखि भावविव्वहल थिइन् । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालिन् ।

एक पत्रकारले उनलाई भावुक देखिनुको कारण सोधेका थिए । ‘तपाईं मन्त्रालयमा आफूले सोचेका कामहरु पूरा गर्न सकिनँ भनेर भावुक बन्नुभएको हो कि, आफनो पार्टीले अनाहकमा हटायो भनेर दुखी बन्नुभएको हो रु’ पत्रकारले सोधेका थिए ।
प्रश्न आउनासाथ झाँक्रीका बर्बरी आँशू झर्न थाल्यो । ‘बरु अलि रिस उठ्ने प्रश्न सोध्नुभयो भने अलिकति बोल्न सक्छु कि रु’ उनले भनिन् ।

Comments

One response to “धुरुधुरु रुँदै मन्त्री झाँक्रीले भनिन्– अलि रिस उठ्ने प्रश्न सोध्नुस्, नत्र बोल्न सक्दिनँ (भिडिओ)”

  1. उमेश गुरुङ Avatar
    उमेश गुरुङ

    खासमा माधब नेपालको नियत नै खराब रहिछ।देश उन्नति र बिकास गर्ने तिर नलागेर मन्त्री फेर बदल तिर मात्रै चासो राख्ने रहिछन् आखिर उनिहरुले केही गल्ती गरेको जस्तो त लाग्दैन नया मन्त्रीले फेरि पुर्न 0 बाट सुरु गर्नु पर्छ उनी हरु लाई थाहा पनि हुदैन अनि कसरी बिकास होस मेरो देश।।।।नेताको नाममा मेरो नजर बाट कल्ङ्क जस्तै तुलना गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *