राजीनामा बुझाएका मन्त्री आले राष्ट्रियसभामा जवाफ दिँदै, किसान र झाँक्री पनि उपस्थित

काठमाडौं । पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामा बुझाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय सभाको बैठकमा जवाफ दिइरहेका छन् ।

राष्ट्रिय सभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथि सम्बन्धी मन्त्रीले जवाफ दिने क्रममा उनले आफ्नो पालोमा जवाफ दिन सुरु गरेका हुन् ।

बैठकमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जवाफ दिएका छन् । यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले पनि जवाफ दिएका छन् ।

सातौँ र आठौँ नम्बरमा जवाफ दिने सूचीमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पनि भने आफ्नो पालो भन्दा अघि नै जवाफ दिएका छन् ।

यस्तै श्रममन्त्री किसान श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीपनि बैठकमा सहभागी छन् । उनीहरुले अब केहीबेरमा जवाफ दिनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *