माधवको स्वीकारोक्ति- सबै ठाउँमा पार्टी बनाउन सकेका रैनछौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी देशका सबै ठाउँमा बनाउन नसकेको स्वीकारेका छन् । पार्टीको चौथो केन्द्रीय कमिटी बैठकमा शनिबार सम्बोधन गर्दै उनले यस्तो स्वीकारोक्ति दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको यो अवस्था देखिएको उनले बताए । ‘हामीले सबैठाउँ पार्टी बनाउन सकेका रैनछौं । पुर्‍याउन सकेका रैनछौं, र उम्मेदवारी दिनसकेका रैनछौं,’ उनले भने,‘२७÷२८ प्रतिशत ठाउँमा मात्र उम्मेदवारी दिन सकेका रहेछौं ।’

यत्रो सीमित संख्यामा मात्रै उम्मेदवारी दिँदा पनि ९ लाख मत प्राप्त गरेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘२७/२८ प्रतिशत ठाउँमा हामीले प्राप्त गरेको मत ९ लाखभन्दा पनि बढी रहेछ । भनेपछि जनताको समर्थन हामीले पाएका रहेछौं ।’

सबै ठाउँमा उम्मेदवार उठाउन सकेको भए १९/२० लाख मत आफ्नो पार्टीले पाउन सक्ने देखिएको उनले बताए । ‘२७/२८ प्रतिशत उम्मेदवार उठाउँदा पनि ९ लाख पायौं भने सबै ठाउँमा उठाएको भए १९/२० लाख ल्याउनुभएको रहेछ,’ उनले भने ।

यद्यपी महानगर र उपमहानगरमा पनि आफ्नो पार्टीको उपस्थिती भएकाले गर्व गर्नुपर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *