नेकपा एसभित्रको विवादबारे योगेश भट्टराईले भने- माधव नेपाललाई गरेको अनुनय सम्झिएँ

काठमाडौं । नेकपा एसभित्र मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरूले समेत चासो दिएका छन् । सामाजिक सञ्जालमा सबैभन्दा पहिलो प्रतिक्रिया चाहिँ सचिव योगेश भट्टराईबाट आएको छ ।

नेकपा एसको अहिलेको अवस्था देख्दा आफूले पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको उनले सम्झिएका छन् ।

उनले लेखेका छन्, ‘एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।’

त्यतिबेला आफूहरूले चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने भट्टराईले उल्लेख गरेका छन् ।

‘आत्मबोध र पश्चाताप : सिर्फ कहिले ?’ उनले प्रश्न गरेका छन् ।

Comments

2 responses to “नेकपा एसभित्रको विवादबारे योगेश भट्टराईले भने- माधव नेपाललाई गरेको अनुनय सम्झिएँ”

  1. झाङ्क्रीको भिनाजु Avatar
    झाङ्क्रीको भिनाजु

    मा कु ने लाई वनझान्क्री ले सतायेर ज्वरो आउने बनाइदिएको छकी क्या हो? खुच्चिङ भन्न मन लागेको थियो तर के गर्ने ? अब धामीझाँक्री कहाँ जादा ठिक होला ।

    1. दामोदर Avatar
      दामोदर

      यीनले पुन: एकपटक माकुनेलाई अनुनय गर्ने दिन आउँछ आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *