अनुपम खेर नेपालमा, पशुपतीनाथ पुगेर भने- यहाँ आउँदा उर्जा प्राप्त हुन्छ

काठमाडौं- चर्चित बलिउड कलाकार अनुपम खेर यतिबेला नेपालमा छन्। उनले पशुपतीनाथ मन्दिर पुगेर खिचेको भिडियो सामाजिक सन्जाल इन्स्टाग्राममा अपलोड गरेका छन्।

बिहीबार अपलोड भएको उक्त भिडियोमा खेरले पशुपतीनाथ मन्दिरमा आउँदा आफुलाई उर्जा प्राप्त हुने गरेको उल्लेख गरेका छन्।

उनले भनेका छन्- आज मलाई फेरी एकपटक भगवान पशुपतीनाथको मन्दिरमा, काठमाडौंमा दर्शन गर्ने अवसर प्राप्त भएको छ। यहाँ जुन हजारौँ वर्ष पुरानो मन्दिर र शिवलिङ्ग रहेको छ, त्यहाँ पुग्दा मनलाई आनन्द त हुन्छ नै एकदमै उर्जा पनि प्राप्त हुन्छ। मानिसहरुको भिड, पुजा गरिरहेको, जय भोलेनाथ भनेको सुन्दा मनलाई शान्ती हुन्छ।

खेर केही दिनअघि नेपाल आईपुगेको बुझिएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *