चीनले भन्यो –एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय,हामी सधैं साथमा छौं

काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन एसपीपीमा सहभागी नहुने भनी नेपालले गरेको निर्णयको प्रशंसा गरेको छ । विहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनिया बिदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताए ।

उनले एसपीपीलाई लिएर नेपालमा व्यापक विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको बताए ।
चीनले नेपाललाई असल छिमेकीको रुपमा सधै सहयोग गर्ने र नेपालको सार्वभौमिकता,स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताए । नेपालको असंलग्न परराष्ट्र नीतिलाई चीनले सँधै सम्मान गर्ने उनले बताएका छन्।

Comments

One response to “चीनले भन्यो –एसपीपी अश्विकार गर्ने नेपालको निर्णय प्रशंसनीय,हामी सधैं साथमा छौं”

  1. Kishor hamal Avatar
    Kishor hamal

    Good New

Leave a Reply

Your email address will not be published. Required fields are marked *