नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्थामा पुग्नसक्ने गभर्नर अधिकारीको चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाकै अवस्थामा पुग्नसक्ने चिन्ता जनाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित मौद्रिक नीतिसम्बन्धी एक छलफल कार्यक्रममा गभर्नर अधिकारीले आयात वृद्धिका कारण विदेशी मुद्रा सञ्चिति सकिँदै गएकाले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका हुन् ।

ऋणैऋणको बोझले थिचिएको श्रीलंका महिनौदेखि खाद्यान्न, इन्धन र विद्युतको संकट झेलिरहेको थियो । आधिकारिक तथ्यांक अनुसार अहिले मुद्रास्फिति चुलिएर ५७ प्रतिशत पुगेको छ । श्रीलंकाको वैदेशिक सञ्चितिको अवस्था निकै दयनीय छ ।

नेपालले विलासीका वस्तुहरू आयातमा रोक लगाउँदा पनि वस्तु आयात वृद्धि भएर व्यापार घाटा थपिँदै गएको छ । केही वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था समेत छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ । ११ महिनामा नेपालको १५ खर्ब ७७ अर्ब घाटा रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रूपैयाँ रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *