जुम्लामा शतप्रतिशत रोपाई हुँदा सुर्खेतमा जम्मा तीन प्रतिशत !

सुर्खेत । आकाशे पानीको भरमा रोपाई हुने सुर्खेतका अधिकांश जिल्लामा अझै रोपाई सम्पन्न हुन सकेको छैन । असार पन्ध्र आउन एक साता बाँकी रहँदा कर्णालीमा किसान पानीको पर्खाइमा रहेका छन् ।

कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद खरेलका अनुसार कर्णालीका १० जिल्लामध्ये जुम्लामा भने शतप्रतिशत रोपाई सम्पन्न भएको छ । सुर्खेतमा जम्मा तीन प्रतिशत मात्रै हालसम्म रोपाई सम्पन्न भएको हो ।

उनका अनुसार हुम्लामा ७२ प्रतिशत रोपाई हुँदा कालिकोटमा भने ६० प्रतिशत रोपाई सम्पन्न भइसकेको छ ।

यस्तै डोल्पा ४५ प्रतिशत, दैलेखमा १५ प्रतिशत, रुकुम पश्चिममा ४० प्रतिशत रोपाई सम्पन्न भएको हो । मुगुमा ३४ प्रतिशत रोपाई सम्पन्न हुँदा सल्यानमा तीस प्रतिशत मात्रै रोपाई सम्पन्न भएको छ ।

‘विगतमा यति बेलासम्म प्रदेश भरि नै करिब ४० प्रतिशत रोपाई प्रदेश भरि सम्पन्न भइसक्थ्यो ।’ कार्यालय प्रमुख चित्र रोकायले भने, ‘तर आकाशे पानी नपरेका कारण यो वर्ष अपेक्षित रोपाई हुन सकेको छैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *