किरण राई एन्फाको महासचिव नियुक्त, कोषाध्यक्षमा रवीन्द्र जोशी

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरण राईले महासचिवमा नियुक्त गरेको छ। बुधवार बसेको नवनिर्वाचित कार्य समितिको बैठकले कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरेको छ।

एन्फामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, १३ जना खुला सदस्य र २ जना महिला सदस्यसहित २१ जना निर्वाचित हुनुपर्ने व्यवस्था रहेको छ।

महासचिव र कोषाध्यक्ष भने कार्य समितिले नियुक्त गरिने प्रावधान रहेको छ।

सोमबार भएको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई पराजित गरी पंकजविक्रम नेम्वाङ अध्यक्ष निर्वाचित भएका थिए। बुधवार पदभार सम्हाले लगत्तै नव निर्वाचित कार्य समितिको पहिलो बैठक बसेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *