काठमाडौं । शान्ति स्थापनार्थ लेबनानमा खटिएको संयुक्त राष्ट्र संघीय मिसनको अनुगमनमा रहेका प्रधान सेनापति प्रभुराम शर्माले बुधवार त्यहाँका राष्ट्रपति मिचेल औनलाई भेटेका छन्।
भेटे घाटका क्रममा राष्ट्रपति औनले त्यहाँ शान्ति स्थापनार्थ नेपाली सैनिकहरूको योगदान, ३१ जनाबाट भएको बलिदानीका विषयमा प्रशंसा गरेको सैनिक जन सम्पर्क निर्देशनालयले जनाएको छ।
साथै लेवनानी समुदाय र नेपाली सैनिकबीच सुमधुर सम्बन्ध रहेको पनि उनले उल्लेख गरेका थिए।
प्रधान सेनापति शर्माले त्यस क्रममा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले लेवनानी समकक्षीलाई पठाएको सद्भावना सन्देश सुनाएका थिए।
प्रधान सेनापतिले पाँच दिनको लेबनान भ्रमणपछि सिरियामा खटिएको नेपाली शान्ति सैनिकको अनुगमनमा निस्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

Leave a Reply