मानेले छाडे लिभरपुल, तीन वर्षका लागि बायर्न म्युनिखमा आबद्ध

काठमाडौं। सेडियो मानेले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाडेका छन्। जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखले मानेलाई ३५ मिलियन पाउन्डमा आबद्ध गरेको छ।

बायर्न र मानेबीच तीन वर्षका लागि सम्झौता भएको बीबीसीले जनाएको छ। लिभरपुल र मानेबीच आगामी समरसम्मका लागि सम्झौता रहेको थियो।

माने सन् २०१६ मा ३४ मिलियन पाउन्डमा साउथह्याम्पटनबाट लिभरपुलमा आबद्ध भएका थिए। सेनेगलका यी ३० वर्षीय स्ट्राइकरले लिभरपुलका लागि २ सय ६९ खेलमा एक सय २० गोल गरेका छन्।

लिभरपुल युरोपियन च्याम्पियन्स लिगमा एकपटक विजेता र दुईपटक उपविजेता हुँदा माने टोलीका महत्वपूर्ण सदस्य रहेका थिए।

उनले गत सिजन क्लबका लागि सबै प्रतियोगितामा गरेर २३ गोल गरेका थिए।

‘सेडियो माने वर्ल्ड स्टार हुन् र उनले बायर्नको प्रस्ताव स्विकार गरेका छन्। यसले समग्र बुन्डेस लिगाको आकर्षण बढाएको छ’, बायर्न म्युनिखका अध्यक्ष हर्बट हैनरले भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *