माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । मल नपाएको भन्दै किसानहरूले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान सङ्गठनहरूले बुधवार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् ।

हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *