काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको बताएका छन् । फेसबुकमा एक स्टाटस पोष्ट गर्दै उनले आफूमाथि छानबिनको माग गरेका छन् ।
एक टेलिभिजन कार्यक्रममार्फत न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच ठगी मुद्दाका आरोपी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको अडिओ सार्वजनिक भएको थियो ।
समाचारको खण्डन गर्दै उनले लेखेका छन्, ‘मबारे आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ । मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुत निस्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्यायपरिषद्बाट छानबिन होस् तथा सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।’


Leave a Reply