अडिओ प्रकरणमा मुछिएका पोखरेलले मुख खोले, छानबिन गर्न मागसहित स्वनिलम्बनको घोषणा

काठमाडौं । अधिवक्ता रुद्र पोखरेलले न्यायाधीशसँगको आफ्नो भनिएको अडिओ छानबिन गर्न माग गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच ठगी आरोपी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको भनिएको अडिओ हिजो सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले उनले नेपाल बार र बार काउन्सिलबाट हुने छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानून व्यवसायिको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्बन गरेको छु’, मउपर भएको षड्यन्त्र उपर कानूनी उपचारको खोजीमा छु ।’

Comments

One response to “अडिओ प्रकरणमा मुछिएका पोखरेलले मुख खोले, छानबिन गर्न मागसहित स्वनिलम्बनको घोषणा”

  1. राजकृष्ण शर्मा Avatar
    राजकृष्ण शर्मा

    पोखरेलजीले धेरै बोल्न नै पर्ने थिएन । वहांले स्पष्ट भाषामा उक्त अडियोमा भएको बोली आफ्नो हो वा होईन भन्ने कुरामात्र खुलाए पुग्ने थियो । त्यसमा भने वहां चुपचाप हुनु हुन्छ । ईच्छापत्नि संग लिएको रकम न्यायाधिशले फिर्ता दिएन भन्ने कुराको विश्वास दिलाउन आफैले उपलव्ध गराएको अडियो, पैसा फिर्ता नपाउने कुरामा विश्वस्त भएर श्रीमती तामांङ्गले नै टिभिलाई उपलव्ध गराएको कुरा वास्तवमा वहांको विरुद्धको ठुलै षडयन्त्र हो कि कसो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *