काठमाडौं । वकिल र न्यायाधीशका बीचमा भएको मोलमोलाइको अडिओ सार्वजनिक भएको प्रकरण नेपाल बार एशोसिएशनले कसूरदारलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
आज एक विज्ञप्ति सार्वजनिक गर्दै अडिओको आधिकारिकता र सत्य–तथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी संलग्नता रहेको पाइए कानूनी दायरामा ल्याउनका ल्याउन माग गरेको हो ।
न्युज २४ टेलिभिजनले हिजो ‘सिधा कुरा जनतासँग’ कार्यक्रममार्फत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रुद्र प्रसाद पोखरेल बीच इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाइ गरिएको अडिओ सार्वजनिक गरेको थियो ।
सोही विषयमा बार एशोसिएशनले विज्ञप्ति सार्वजनिक गर्दै ‘प्रसारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको’ जनाएको छ ।
‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रूपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एशोसिएशन घोर निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘अतः उक्त सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्य–तथ्य ब्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानूनी दायरामा ल्याउनका लागि यस नेपाल बार एशोसिएशन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ ।’
बार एशोसिएशनकी महासचिव अन्जिता खनालले उक्त विज्ञप्ति सार्वजनिक गरेकी छन् ।


Leave a Reply