नेपाल प्रेसकर्मी आचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

बुटवल । नेपाल प्रेसकर्मी रामप्रसाद आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुुने भएका छन् ।

आचार्यलाई प्रदान गरिने ०७६ सालको उत्कृष्ट पत्रकारिता पुरस्कारको राशी ५० हजार र प्रमाण प्रत्र रहेको छ । कोरोना महामारीले रोकिएको तीन वर्षको् पुरस्कार महासंघले अहिले वितरण गर्न लागेको हो । आचार्यसँगै रुपन्देहीका पत्रकार यानेन्द्र जीसी र रेखा भुसालले पनि ०७५ र ०७७ सालको पुरस्कार पाउने भएका छन् ।

पुरस्कार प्रदानका लागि गठित मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । जिसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एवम् लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक हुन् । त्यस्तै आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव र भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख हुन् ।

बुटवल उपमहानगरपालिकाद्धारा स्थापित यो पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीको सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो । कोरोना महामारीका कारण रोकिएको तीन वर्षको पुरस्कार मूल्यांकनका लागि महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद पहाडीको संयोजकत्वमा मूल्यांकन समिति गठन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *