ट्रान्सजेन्डर खेलाडीलाई अन्तर्राष्ट्रिय रग्बी लिगमा प्रतिबन्ध

काठमाडौं । रग्बी लिगले महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा ट्रान्सजेन्डर खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय रग्बी लिग (आईआरएल)ले अर्को मंगलबार सूचना नआउञ्जेलका लागि ट्रान्सजेन्डर खेलाडीलाई प्रतिबन्ध लगाएको जानकारी दिएको छ ।

‘आईआरएललाई औपचारिक रुपमा ट्रान्सजेन्डर समावेशी नीति लागू गर्न सक्षम बनाउन थप अनुसन्धान पूरा नभएसम्म, (ट्रान्स महिला) खेलाडीहरुले महिला अन्तर्राष्ट्रिय रग्बी लिग खेल्न पाउने छैनन्’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘व्यक्तिको सहभागिताको अधिकारलाई सन्तुलनमा राख्नु र अन्य सहभागीहरु सबैलाई निष्पक्ष सुनुवाइ भएको सुनिश्चित गराउनु आईआरएलको दायित्व हो ।’

आइतबार अन्तर्राष्ट्रिय पौडी महासंघले ट्रान्स महिलाहरुलाई एलिट महिला स्विमिङमा प्रतिबन्ध लगाउन मतदान गरेको थियो । त्यसपछि रग्बीमा पनि यो नियम लागू गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *