चुलोमा आगो सल्काउँदा जलेर वृद्धाको मृत्यु

संखुवासभा। संखुवासभामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएकी चैनपुर नगरपालिका-११ कि ८६ बर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई जलेर मृत्यु भएको हो ।

आगोले जलेर गम्भिर घाइते भएको अवस्थामा आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *