काठमाडौं । राजधानीस्थित पुरानो वानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्यवृद्धिविरुद्ध सरकारी सवारीसाधन आवागमनमा अवरोध गरिएको छ । सोक्रममा राप्रपा नेतृ कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार भागेको भन्दै बिहान पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले पुरानो वानेश्वर चोकमा सरकारी सवारी साधनलाइ अवरोध गरेको थियो । प्रहरीले प्रदर्शनकारीलाई बल प्रयोगसमेत गरेको थियो ।

‘सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको असर जनताले भोग्नुपर्ने हुन्छ । यो कुनै पनि हालतमा हामीलाई स्वीकार्य हुँदैन । तत्काल मूल्यवृद्धि फिर्ता नलिए हामी थप आन्दोलनका कार्यक्रम अघि बढाउँछौं ।’


Leave a Reply