पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्धमा कैलालीमा राँके जुलुस प्रदर्शन

कैलाली । सरकारले पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको विरुद्धमा कैलालीमा राँके जुलुस प्रदर्शन गरिएको छ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको धनगढी नगर कमिटीले मूल्यवृद्धिको विरुद्धमा राँके जुलुस प्रदर्शन गरेको हो ।

धनगढीको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडी राखे जुलुस प्रदर्शन गरिएको राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर अध्यक्ष अभिषेक लोक थानले जानकारी दिए ।

सरकारले मूल्यवृद्धि फिर्ता नगरे सम्म आन्दोलन जारी राख्ने उनले बताए ।

आइतबार नेपाल आयन निगमले पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ मूल्य बढाएको थियो।

अन्य पेट्रोलियम पदार्थको मूल्य पनि भारी मात्रामा बढाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *