नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो। गत मंसिर ८ गते सरकारले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

पछिल्लो समय पर्यटन मन्त्री प्रेम आलेसँग सम्बन्ध तिक्त रहेका अधिकारीमाथि कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा लिएको, निगमको जहान साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको आरोप लगाइएको छ।

यस्तै सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सोझै टिकट विक्री गर्ने कार्य गरेकोलगायत दर्जन बढी आरोप अधिकारीमाथि छ।

मन्त्रिपरिषद् बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *