जेलमा रहेका गुन्डा नाइकेसँगको भेटघाट प्रकरणमा डीएसपी केसीलाई कारबाही सिफारिस

काठमाडौं । जेलमा रहेका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई भेटेको घटना छानबिन गर्न गठित समितिले डीएसपी मिलन केसीलाई कारबाही सिफारिस गरेको छ।

एसपी दिनेशराज मैनालीको संयोजकत्वमा गठित समितिले बिना कारण र जानकारी जेलमा पुगेको भन्दै केसीलाई विभागीय कारबाहीका लागि सिफारिस भएको हो।

गत एक साताअघि स्वयम्भू वृत्तका प्रमुख रहेका केसीले एक व्यक्तिलाई लिएर केन्द्रीय कारागार पुगेका थिए। घटना बाहिर आएपछि केसीलाई त्यहाँको जिम्मेवारीबाट हटाइएको छ।

आपराधिक पृष्ठभूमिका व्यक्तिसँग व्यावसायिक कारणबिना भेट्नु त्रुटिपूर्ण रहेको छानबिन समितिको निष्कर्ष रहेको छ।

Comments

One response to “जेलमा रहेका गुन्डा नाइकेसँगको भेटघाट प्रकरणमा डीएसपी केसीलाई कारबाही सिफारिस”

  1. भीमसेन थापा क्षत्री Avatar
    भीमसेन थापा क्षत्री

    यो पदको दुरुपयोग हो र प्रहरीनै बर्दिका गुण्डाहुन भन्ने भनाइ चिरनको लागि पनि कार्यबाही गर्न जरुरत छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *