टोखामा घर बनाइरहेका कामदारबीच भएको झगडामा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा घर बनाइरहेका कामदारबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ।

टोखा-१ मालुङस्थित निर्माणाधीन घर बनाउँदै त्यहीँ बस्दै आएकाहरूबिच झगडा हुँदा पाँचथरको याङ्वारख गाउँपालिका(२ का २२ वर्षीय दीपेन लिम्बुको मृत्यु भएको हो।

प्रहरीका अनुसार पाँचथरकै पाटीगाउँ गाउँपालिका(१ का ४० वर्षीय खगेन्द्र लिम्बुले काठको चिर्पटले दीपेनको निधारमा प्रहार गरेका थिए।

दीपेनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *