बालेनले फेसबुक ग्रुप हायर गरेर चुनाव जिते : आरजु राणा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले स्वतन्त्र उम्मेदवारहरूको जितमा सामाजिक सञ्जाल निर्णायक भएको बताएकी छिन् ।

पर्वतमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री पत्नीसमेत रहेकी राणाले बालेन्द्र साहले पनि फेसबुक ग्रुप परिचालन गरेर चुनाव जितेको बताइन् । त्यसका लागि बालेन्द्र साहले ‘रुटिन अफ नेपाल बन्द’ नामक पेजमा पैसा खर्च गरेको उनको आशय थियो ।

‘अहिले जत्ति पनि स्वतन्त्र जितेका छन् नि उनीहरूले एउटा–एउटा ग्रुप परिचालन गरेर नेता बन्या हुन् । बालेन साहको तपाईँले हेर्नुभयो सोसल मिडिया ? रुटिन अफ नेपाल बन्द । अहिले म ओपन्ली भन्न चाहँदिन, उहाँले कतिमा हायर गर्नुभयो ? यत्रो ठूलो आउटरिच भएको रुटिन अफ नेपाल बन्दलाई उसले परिचालन गर्‍यो । एनालिसिस गर्‍यो । राजनीति हो एभ्रि थिङ इज फेयर भन्छ । अब हामीले के गर्ने ?’, राणाले भनिन् ।

उनले पछिल्लो समय पेसा छाडेर राजनीतिमा आउने क्रम बढेको भन्दै दीर्घकालीन हिसाबले बहुदलीय व्यवस्था नै उपयुक्त हुने बताइन् ।

‘अहिले जो पनि पोलिटिक्स गर्ने । एक्टर पनि एक्टिङ छाडेर पोलिटिक्स गर्ने, पत्रकार पनि पत्रकारिता छाडेर पोलिटिक्स गर्ने । हुन त सबै आएपछि रमाइलो पनि होला । तर हामीले लामो समयका लागि सोच्ने हो भने बहुदलीय व्यवस्था नै कायम राख्नुपर्छ’, राणाले भनिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा बिहान उठेदेखि नसुतेसम्म व्यस्त रहेको प्रसङ्ग निकाल्दै उनले सत्तामा बस्न सजिलो नभएको बताइन् ।

‘मैले देख्छु के प्रधानमन्त्री हुन धेरै गाह्रो छ । उठेदेखि सुतेसम्म घोडालाई दौडाएजत्तिको दौडाएको छ । मिटिङ, सेमिनार, राजदूत के के हो के के हो । सत्तामा बसेर काम गर्न गाह्रो छ’, उनले भनिन् ।

Comments

2 responses to “बालेनले फेसबुक ग्रुप हायर गरेर चुनाव जिते : आरजु राणा (भिडिओ)”

  1. Tilak budhathoki Avatar
    Tilak budhathoki

    नौटंकी हुने नहुने कुरा गफ चुटेर बस्न ठिक्कै छ

  2. खेम प्रसाद तिवारी Avatar
    खेम प्रसाद तिवारी

    अख्तियार प्रत्यायोजन गरे त बिहान देखि राती सुत्ने बेला सम्म “टेन्सन”लिइ रहनु पर्दैन होला नि महोदया!
    जुन निकाय वा बिभाग लाई अख्तियारी दिइन्छ त्यो निकाय लाई जवाफदेही पनि बनाए येसरी रुनु पर्दैन कि!यति सामान्य कुरा पनि हामी भुइमान्छे ले सम्झाउन पर्ने हो र??

Leave a Reply

Your email address will not be published. Required fields are marked *