मन्त्री आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसाय आबद्ध प्रमुख तीनदलीय संगठनको माग

काठमाडौं । पर्यटन व्यवसाय आबद्ध संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् ।

मन्त्री आलेले अश्लील बोलेको अर्को अडिओ बाहिरिएसँगै उनीविरुद्ध आलोचना भइरहँदा नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् ।

मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती संगठनले आपत्ति जनाएका छन् ।

‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम् त ईतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

ती संगठनले लुम्बीनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल गरेको आरोप लगाएका छन् ।

‘लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशंकित छौं ‘, तीन संगठनले भनेका छन् ।

Comments

2 responses to “मन्त्री आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसाय आबद्ध प्रमुख तीनदलीय संगठनको माग”

  1. भिम बहादुर थापा मगर Avatar
    भिम बहादुर थापा मगर

    मन्त्री आले लाई बर्खास्त होइन तर यिनले आफ्नो कार्यकर्ता लाई काम नलगाइदिनाले गाली गलौज गरेको हो कि नाइ छानबिन गरम अनि लुम्बिनी बिकास कोष को गुरुयोजना मा उनको अनैतिक कार्य छन भने कार्बाही गतियोस तर बर्खास्त होइन मन्त्री आलेले राम्रो काम पनि त गरेको छ नि।

  2. romraj sharma Avatar
    romraj sharma

    यि सबै एमाले संग आबद्ध संगठन हुन सक्दैनन् भन्न सकिएला? अन्यथा विश्वास गर्ने आधार रहंदैन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *