मौसम : आज यी क्षेत्रमा मनसुनी वायुको प्रभाव

काठमाडौं । आज चारवटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस, वागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ ।

बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ ।
बिहान प्रदेश १, मधेस, वागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो प्रदेश १, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *