भाईरल लटारम्मेश्वर मन्दिर नजिकै भेटियो मानिसको शव

हेटौँडा । पछिल्लो समय निकै भाईरल भैरहेको मकवानपुरको लटारम्मेश्वर मन्दिर नजिकै एक ब्यक्तिको शव फेला परेको छ । शव कुहिएको कारण महिला वा पुरुषको हालसम्म पत्ता नलागेको भीमफेदी गाउँपालिका वडा नंबर ८ का वडाध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

भीफफेदी र बकैया गाउँपालिकाको सिमामा पर्ने छर्केलेकमा शव भेटिएको उनको भनाई छ । उनले भने ‘भीरबाट खसेर मानिसको मृत्यु भएको हुनसक्छ, केहि दिन अघिको घटना भएको जस्तो देखिन्छ, हामीले प्रहरीलाई खबर गरिसकेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको टोलीलाई घटनाको अनुसन्धानको लागि घटनास्थल तर्फ पठाईसकेको र शवको बरामद गरेर पोष्टमार्टन नगरेसम्म घटनाबारे थप जानकारी प्राप्त नहुने जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *