धादिङ । धान रोपाई चलिरहेका बेला रासायनिक मलको अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटेका छन् । शनिवार दिउसो धादिङको धार्के बजारमा रासायनिक मल बोकेर काठमाडौं आउदैँ गरेको २ वठा ट्रक नियन्त्रणमा लिएर स्थानीय किसानले रासायनिक मल लुटेका हुन् । उक्त मल भारतबाट भन्सार छली ल्याइएको थियो ।
शुक्रबार राति धादिङको चरौंदीबाट उक्त मल नियन्त्रणमा लिइएको थियो । त्यसपछि सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेका बेला किसानले २ ट्रक रोकेर मल लुटेका हुन् । सशस्त्र प्रहरी बलको सुरक्षामा काठमाडौंतर्फ ल्याइँदै गरेको दुईवटा ट्रकबाट किसानले मल लुटेको जानकारी पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
भन्सार छलेको भन्दै राजश्व अनुसन्धान विभागले रासायनिक मल नियन्त्रणमा लिएको भए पनि किसानले उक्त मल कब्जा गरेरका हुन् । २ ट्रक मल झन्डै ५ सय जना किसानले लुटेका हुन् । भन्सार छलेर ल्याएको मल व्यापारीले महंगोमा बेच्ने गरेको जानकारी पाएपछि राजश्व अनुसन्धान विभागले छापा हानेको थियो ।

Leave a Reply