काठमाडौं । सल्यानमा वनमा लागेको आगो निभाउन जाँदा एक जनाको मृत्यु भएको छ ।
सिद्ध दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो ।
वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बुढाथोकी खोटोको काम गर्ने भएकाले खोटोको बाकस बचाउन जाने क्रममा आगोमा परेर उनको मृत्यु भएको बताइएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Leave a Reply