अफगानिस्तानकाे गुरुद्वारामा बम विस्फोटन

काठमाडौं । अफगानिस्तानकाे काबुलस्थित एक गुरुद्वारामा शनिबार बिहान बम विस्फोटन भएको छ । हालसम्म उक्त विस्फोटनले कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसके तापनि दर्जनौ मानिसहरुको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ ।

गुरुद्वाराका अध्यक्ष गुरनाम सिंहले रोयटर्सलाई बताएअनुसार विस्फोटन हुँदा ‘गुरुद्वाराभित्र ३० जनाजति मानिस थिए। तीमध्ये कति जना जीवित छन् वा कति जनाको मृत्यु भयो त्यो हामीलाई थाहा छैन’ उनले भनेका छन् ।

स्थानीय टेलिभिजनहरुले हाल विस्फोटन भएको क्षेत्रबाट धुवाँको बाक्लो मुस्लो उडेको दृश्य प्रसारण गरेको छ।

हालसम्म उक्त आक्रमण कसले गरेको भन्ने खुल्न नसके तापनि आक्रमण आईएसका अतिवादीले गरेको हुन सक्ने आशंका गरिएको छ। बीबीसीका अनुसार अहिले घटना भएको गुरुद्वारा अफगानिस्तानमा बाँकी रहेको एक मात्र गुरुद्वारा हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *