पैगम्बर मोहम्मदबारे विवादस्पद टिप्पणीपछि भाजपाकी पूर्वप्रवक्ता शर्मा चार दिनदेखि बेपत्ता

काठमाडौं । पैगम्बर मोहम्मदविरुद्ध दिएको विवादस्पद टिप्पणीका कारण चर्को आलोचना खेपिरहेकी भारतिय जनता पार्टीकी पूर्वप्रवक्ता नुपुर शर्मा विगत चार दिन देखी बेपत्ता भएकी छिन् ।

भारतिय प्रहरीलाई उद्र्धत गर्दै हिन्दूस्तान टाइम्सले जनाएअनुसार उनी हाल दिल्लीमा भएको जानाकारी प्राप्त भए तापनि उनलाई प्रहरी विगत चार दिनदेखि भेट्टाउन भने सकेको छैन ।

जुन ११ मा, मुम्बईको पाइडोनी पुलिस स्टेशनले शर्मालाई टेलिभिजन बहसको क्रममा पैगम्बर मोहम्मदको बारेमा कथित आपत्तिजनक टिप्पणीको सम्बन्धमा उनको बयान रेकर्ड गर्न जुन २५ सम्ममा पुलिसमा उपस्थित हुन निर्देशन दिनका लागि खोजी गरिरहेको छ तर शर्मा सम्पर्क बिहिन हुँदा अब उनलाई ईमेलमार्फत निर्देशन दिइने प्रहरीले जनाएको छ ।

हाल नुपुरकोविरुद्धमा धार्मिक भावनामा ठेस पुर्‍याएको र सार्वजनिक अशान्ति गरेको आरोपमा एफआईआर दर्ता भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *