करिब ४ लाख भारू बोकेर भारत जान लागेका व्यक्ति त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका एक नेपाली करिब ४ लाख भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल प्रहरीले तनहुँको ब्यास नगरपालिका-१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो।

उनको साथबाट ३ लाख ९३ हजार ६ सय ५० भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। नेपालमा ५ सयभन्दा बढीका भारतीय नोट प्रतिबन्ध भएकाले पाण्डेका साथमा भेटिएका कारण उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल प्रहरीका प्रवक्ता हिमालय श्रेष्ठले बताए।

पाण्डे नेपाल एयरलाइन्सको विमानमार्फत बिहीबार नयाँ दिल्ली जान लागेका थिए। उनलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *