जुगल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ६ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरी भ्रष्टाचार गरेको आरोपमा  गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, अस्सिस्टेन सव इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, बलेफी तेम्बाथान उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

उनीहरुले गाउँपालिकाबाट झुटो विवरणको आधारमा ३६ लाख ३९ हजार ८९९ सय रुपैयाँ लिएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा अवैधानिक उपभोक्ता समिति गठन गरेको, झुट्टा विवरणको आधारमा रकम भुक्तानी गरेको, मापदण्डबमोजिम निर्माण नगरी हचुवाको भरमा काम गरे गराइएको, डोरहाजिर साथै माइन्युटमा पनि किर्ते हस्ताक्षर गरेको साथै गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका अध्यक्षको मिलोमतोमा भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *