करण बने प्लेयर अफ दी सिरिज

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा बिहीबार सम्पन्न त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको प्लेयर अफ दी सिरिज नेपालका बलिङ अलराउन्डर करण केसी भएका छन्।

प्रतियोगितामा नेपालले एक जित, दुई हार र एक बराबरी खेलेको थियो। पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने तेस्रो खेलमा ओमानलाई सात विकेटले हराएको थियो।

चौथो तथा अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग ३९ रनको हार ब्यहोर्‍यो।

करणले शृंखलाका चार खेलमा १३ विकेट लिए। उनले ओमानविरुद्धका दुवै खेलमा ५र५ विकेट लिएका थिए।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *