एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टिमको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी महिला टी-२० च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टिमलाई बिदाइ गरेको छ । मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीहरूले टीमलाई बिदाइ गरेका हुन् ।

क्यानले प्रतियोगिताको लागि रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेको छ । यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो ।

जुन १७ देखि मलेसियामा हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भूटानसँगै समूह ‘बी’ मा छ ।

नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मा भूटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । यस्तै जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।

नेपाली टिम

रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दू रावल, संगीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, सवनम राई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *