बाग्मतीका मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट बन्दै मेयर बालेन्द्रद्वारा अभिमुखीकरण बहिष्कार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हेटौंडामा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमप्रति असन्तुष्टि प्रकट गर्दै काठमाडौं फर्किएका छन् ।

बाग्मती प्रदेशले ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास अभिमुखीकरण’ नाममा आयोजना गरेको कार्यक्रम आजसम्म चल्ने भए पनि काठमाडौंका मेयर र उपमेयर हिजै फर्केका हुन् । काठमाडौं फर्केलगत्तै मेयर साहले सामाजिक सञ्जालमै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।

व्यंग्यात्मक स्टाटस लेख्दै उनले भनेका थिए– बाग्मती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लाग्यो ।

यस विषयमा आज उनले थप स्पष्टीकरण दिएका छन् । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने कार्यक्रममा बस्नुको औचित्य नदेखेको उनले बताएका छन् । मेयर साहले दिएको प्रस्टीकरण यस्तो छः

मलाई व्यक्तिगत रुपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडाैंसँग र काठमाडाैंवासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडाैंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो । काठमाडाैं केवल राजधानीमात्रै होइन, अझ बाग्मती प्रदेशको लागि त एउटा पालिकामात्रै हो । तर, काठमाडाैं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो । गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ/कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ । गाली र आलोचना नै सुन्ने भए म आफ्नै महानगरमा आफ्नै महानगरवासीहरुको सुन्नेछु अथवा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरुमा सुन्नेछु । धन्यवाद ।’

आखिर प्रदेशको अभिमुखीकरणमा काठमाडौं महानगरपालिकालाई कसले र किन गाली गर्‍याे त ? स्रोतका अनुसार उक्त कार्यक्रममा सबैभन्दा बढी बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र अर्थमन्त्री शालिकराम जम्कट्टेलले काठमाडौं महानगरको आलोचना गरेका थिए । उक्त कार्यक्रममा अर्थमन्त्री जमकट्टेलले काठमाडौंवासीले गरेको फोहोरको जिम्मा नुवाकोट र धादिङले लिन नसक्ने बताएका थिए । उनले काठमाडौंको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन गर्न नहुनेसमेत तर्क गरेका थिए ।

फोहोर व्यवस्थापनको सन्दर्भमा उनीहरुले महानगरको आलोचना गर्दा मेयर बालेन्द्रलाई बिझाएको हो । उनले कसैलाई व्यक्तिगत रुपमा आरोपित भने गरेका छैनन् । काठमाडौंकी उपमेयर सुनिता डंगोल पनि मेयरसँगै अभिमुखीकरणमा सहभागी थिइन् । उनी पनि हिजै फर्किएकी छन् । कार्यक्रमका विषयमा उनले कुनै धारणा सार्वजनिक गरेकी छैनन् ।

Comments

6 responses to “बाग्मतीका मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट बन्दै मेयर बालेन्द्रद्वारा अभिमुखीकरण बहिष्कार”

  1. ksp pyl Avatar
    ksp pyl

    वालेन्द्रले माफियाहरूलाई बहिस्कार गरेर राम्राे गरे ।

  2. भट्मासे Avatar

    “दिँदा नखाने रात भरि काेल चाट्ने ” उखान चरीतार्थ भएकाे हाे । हिजाे आफू आफ्नाे सरकार हुँदा केही गर्न नक्ने । अनि अहिले नव निर्वाचित जन प्रतिनिधिहरुलाई आलाेचना गर्ने आह कति राम्राे ।

  3. Anu kshetri Avatar
    Anu kshetri

    Nepalma ramro kaam garneko khutta tanne manche ko kami chaina ramro kaam garne ko thau nai ka cha ra balla auta buddhi bibek ,educated ,josh jagar bhayeko yuba aunu bhako khi huncha ki bikash janta le khi rahat mahusus garna pauchaui ki bhaneko kaam garnai badha .bichara hamro desh dartimata le katti sahanu

  4. ऋषि राम पाैडेल Avatar
    ऋषि राम पाैडेल

    बादरहरू जस्ले आफू पनि बनाऊदैन अरूलाई नि बनाऊन दिदैन ।

  5. Anju Ghole Avatar
    Anju Ghole

    हुन त कुरा साँचो हो किन कि आफ्नो जिल्ला को फोहोर व्यवस्थापन आफ्नै जिल्ला ले गर्न सक्नु पर्छ र सिक्नु पनि पर्छ ।

  6. P.R.Bajracharya Avatar
    P.R.Bajracharya

    Kathmandu Upatyakama Basobas Gareka Gair Kathmandu Basi Mantriharu Ra Bahir baata Aayeka padadhikari haru pani Nabase Fohar Hudain ki !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *