काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा आएको छ ।
छापावाल सुन अघिल्लो दिन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

Leave a Reply