प्रधानमन्त्री शरिफलाई इमरानको चुनौती – चुनाव जितेर देखाउ

काबुल । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवारी लिन नपाई प्रधानमन्त्री पदबाट वाहिरिएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् ।

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरेका छन् । अहिले भइरहेको गठबन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असंभव रहेको उनको भनाई छ ।

आगामी निर्वाचनपछिको नतिजामा गठबन्धनका दलहरु र आफ्नो पार्टीकाबीचमा ठूलो अन्तर हुने पनि पूर्वप्रधानमन्त्री खानले दाबी गरे । उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्बोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए ।आफुले कोरोनाभाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *