लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्याएको हो ।

मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।

घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेकाे बताइएको छ ।

घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।

गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् ।

उक्त तस्वीरसहितको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए । साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् ।

विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।

सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमला

नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।

नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।

एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

Comments

One response to “लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट”

  1. MA NU Avatar
    MA NU

    छाेरीहरू पढेलेखे अलक्षिण हुन्छन बाेक्सी हुन्छन लेखपढ गर्न हुदैन भन्थे उहिलेबा बुढापाकाहरू। जस्लाइ चिर्दै महिला अान्दाेलन हामिएका क्रान्तीकारी विचारधारा भएका महिलाहरूले याे अधिकार उपयाेग गर्न पाए पाएनन्र तर त्यसकाे फाइदा चाहि यी यस्ता उच्च पदमा असिन महिला कलंकहरूले भरपुर उपभाेग गदै अाए । उसैकाे लाेग्ने नभइ नहुने पिटाइ उसैले खानुपर्ने बदनाम उनै हुनपर्ने हाेइन कस्ताे महिला अधिकारकाे कुरा गरि बस्ने हाे अब ? अनि कस्का लागी लडछाै ए पुरूषा ढांगी नारी हाे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *