रुपन्देही । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्ने भिरमा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काका छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिए ।
दाउन्ने भिरस्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई बालकको माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।
माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजुभाइको मृत्यु भएको हो ।

Leave a Reply