मन्त्रीले महँगो उपहार लिएर अष्ट्रेलियाको पर्यटन दूत नियुक्त गरेको भन्दै उपाध्यक्षले छाडे नेकपा एस

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महँगो उपहारको प्रभावमा परेर अवैध धन्दामा संलग्न व्यक्तिलाई अष्ट्रेलियाको लागि नेपालको पर्यटन दूत नियुक्त गरेको भन्दै नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका उपाध्यक्ष प्रकाश सेढाइले नेकपा एस परित्याग गरेका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै हालै मन्त्री आले कलेजको निमन्त्रण माग्न लगाएर अष्ट्रेलिया आएको र पार्टी कमिटीसँग सम्पर्क नगरी अवैध धन्दामा संलग्नहरुसँग हिमचिम गरेर फर्किएको आरोप लगाएका छन् ।

आफूलाई यसबाट वितृष्णा जागेको र गलत व्यक्तिलाई नियुक्त गरेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *