हेटौंडामा बसको ठक्करबाट अटो चालकको मृत्यु

हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ मा बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।

आज बिहान २ बजे हेटौंडा १५ रातोमाटे नजिक हेटौंडाबाट पथलैया जाँदै गरेको प्रदेश २-०३-००१ ख ०२४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना. २ अ ६४ नम्बरको अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका सुनारको हेटौंडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार हेटौंडा-१२ का ३५ वर्षीय सुवास सुनार घाइते भएको र उनको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *