धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका-१ कार्कीडाँडा बस्ने ४३ वर्षीया मिरा क्षेत्रीको करेन्ट लागेर शनिवार राति मृत्यु भएको हो ।

बारीमा मकै गोड्ने क्रममा बिजुलीको पोलमा छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *