आँप टिप्न गएकी बालिकाको चट्याङ लागेर मृत्यु

जनकपुरधाम । धनुषामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर कमला नगरपालिका-३ का जोगिन्द्र दास तत्माकी अन्दाजी १३ वर्षीया छोरी रञ्जना कुमारीको मृत्यु भएको हो ।

हावाले झारेको आँप टिप्न गएको बेला बगैँचामै चट्याङ लागेर ती बालिकाको मृत्यु भएको स्थानीय मनोज मोरबैताले जानकारी दिए ।

दुई दिन अगाडि सप्तरीमा पनि चट्याङ लागेर दुईजनाको ज्यान गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *