बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट

काठमाडैं । बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालि बीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकिय नगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रालिले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *