अछामको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी साँफेबगरमा दुर्घटना

अछाम । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी साँफेबगरमा दुर्घटना भएको छ। गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको सरकारी गाडी साँफेबगर नगरपालिका- ४ स्थित सडकमा दुर्घटना भएको हो।

दुर्घटनामा गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी शाही र गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका र दुबैजनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार गाउँपालिका अध्यक्ष प्रकाश साउदलाई भने कुनै चोट लागेको छैन।

त्यस्तै, गाडीमा गाउँपालिका उपाध्यक्ष शाहीको १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका थिए । उनीहरुलाई चोटपटक भने नलागेको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए । गाडी बिहान ४ बजे दुर्घटना भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *