पोखरा । शक्ति समूहले मानव वेचविखन तथा हिंसा पीडितहरुलाई न्यायको दिलाउन संचारको भूमिकाको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।
शुक्रबार पोखरामा नेपाल प्रहरी कास्कीको सहयोगमा मानव बेचविखनबाट प्रभावितहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिएकाे हाे ।
कार्यक्रममा मानव बेचविखनका पीडित तथा प्रभावितको न्यायमा सहज पहुँचको लागि पीडितसँग प्रभावकारी संचार कसरी गर्न सकिन्छ , यसका अवरोधहरु के–के हुन सक्छन् र यसलाई न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएकाे थियाे ।
कार्यक्रममा बेचविखनपीडित र हिसां पीडितले न्यायका लागि संचारसँग सहकार्य गर्ने बताए । फ्रि अगर्लको सहयोगमा संचालित कार्यक्रममा शक्ति समुहको कार्यकारी निर्देशक बाल कुमारी दर्लामीले कार्यक्रम गर्नुको उद्धेश्य प्रस्तुत गरेकी थिइन् ।

Leave a Reply